Logo
१२ श्रावण २०८१, शनिबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसीसी बैंक १ अर्ब ५६ करोड घोटाला आरोपमा संचालक समिति सदस्यसहित १३ पक्राउ

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरो, सीआईबीको टोलीले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका संचालक समितिका सदस्यसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका सबैलाई सीआईबीको कार्यालय महाराजगंजमा राखिएको एसपी घनश्याम अर्यालले पुष्टी गरे ।

एनसीसी बैंकका संचालक समितिका सदस्य विष्णु धिताल, डिठ्ठाबहादुर तामाङ, दुर्गादत्त जोशीसहित १३ जनालाई बैंकको १ अर्ब ५६ करोड रुपैयाँ आर्थिक घोटाला गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्नेहरुमा मुख्य गरेर एनसीसी बैंकमा मर्ज भएका तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकबाट आएका सञ्चालक तथा कर्मचारीहरु छन् ।

चारवटा विकास बैंक मर्ज भएर एनसीसी बैंक बनेको थियो । त्यसमा एपेक्स, इन्फ्रस्ट्रक्चर, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बै‌ंक थिए । मर्ज प्रकृया सुरु भएपछि पनि एपेक्सले अनिमित रुपमा ऋण प्रवाह गरेको उजुरी पछि राष्ट्र बैंकले छानबिन सुरु गरेको थियो ।

एपेक्सले ऋण दिंदा धितो मुल्यांकन बढी गरेको, कालो सूचिमा रहेका ऋणीलाई समते ऋण दिएको लगायतका अनियमितता गरेको आरोप लागेको छ । स्रोतका अनुसार नेपाल राष्ट्र बैंकको अनुराेधमा नेपाल प्रहरीकाे सीआइबीले अनुशन्धान गरिरहेको थियो । अनुसन्धानकै क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ व्यक्तिहरु :

विष्णु प्रसाद धिताल, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको अध्यक्ष
ईच्छा बहादुर गुरुङ, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको संचालक
सुवर्ण राज भण्डारी, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको संचालक
मधुवन लाल श्रेष्ठ, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको संचालक
ऋषी राज भट्ट, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको निमित्त कार्यकारी अधिकृत
दुर्गा दत्त जोशी, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको वरिष्ठ प्रबन्धक
रामचन्द्र बसौला, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक
बिकास श्रेष्ठ, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको शाखा प्रबन्धक
सागर नेउपाने, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको लोकन्थली शाखा प्रमुख
मान बहादुर राउत, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको शाखा प्रबन्धक
विनित मणि उपाध्याय, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक
मोहन खरेल, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको कर्जा अधिकृत
सुदिप थापा, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको शाखा प्रबन्धक

मुख्य अनियमितताहरु :
 कमशल धितो भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरुको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको।
 कृतिम ऋणीहरु खडा गरिएको।
 निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको।
 ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको।
 मोटरबाटो नभएको भिरालो पाखोबारी, खेत वन क्षेत्र भएको जग्गामा बाटो भएको प्रमाणित गरेको।
 धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको।
 कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको।
 कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको।
 सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको।
 एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको।
 सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको।
 अधिकांश धितो मूल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको।

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्