Logo
१२ श्रावण २०८१, शनिबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधानको परिधिभित्र रहेर काम गर्ने उपसभामुखको प्रतिबद्धता

काठमाडौं : संविधानको परिधिभित्र रहेर आफूले भूमिका निर्वाह गर्ने नवनिर्वाचित उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

शुक्रबार उपसभामुखमा निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले थुप्रै कानुन निर्माण गर्नुपर्ने दायित्व आफूमाथि आइपरेको प्रतिक्रिया दिइन् । उनले संविधानअनुसार जनताको काम गर्न आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन् ।

शुक्रबार प्रतिनिधिसभाले बहुमतले एमालेकी सांसद तुम्बाहाम्फेलाई सभामुखमा निर्वाचित गरेको थियो । २०४७ सालमा एमालेको पार्टी सदस्यता लिएकी तुम्बाहाम्फेले पार्टी केन्द्रीय सदस्यको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।

यसअघि, प्रतिनिधिसभाका उपसभामुखमा तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उनले २०१ मत प्राप्त गरिन् । उनका प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल गौतमको पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिएक ाथिए ।

बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले उनी निर्वाचित भएको जानकारी दिँदै सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।

यसअघि नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले तुम्बाहाम्फेलाई तथा नेपाली काँग्रेसका डिला संग्रौला पन्तले भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो । उपसभामुख तुम्बाहाम्फे कानुन व्यवसायीका साथै वाम आन्दोलनमा योगदान पु¥याएको व्यक्तित्व छिन् । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १२ गते अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्