Logo
१२ श्रावण २०८१, शनिबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामी सरकारमा जाँदैनौं, धेरै कुरा मिलेका छैनन् : उपेन्द्र यादव

काठमाडौं : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आजको मन्त्री परिषद विस्तारमा आफूहरु सहभागी नहुने बताएका छन् । कुराकानी विषयमा नमिलेको हो, त्यो उनले विस्तृतमा बताउन चाहेनन् । निकै निराश र आक्रोसित देखिएका यादवले यत्तिमात्र भने, ‘सबै कुरा बाहिर आइसकेका छन् । तर, धेरै कुरा मिलेका छैनन् ।’

यादवले भने, ‘वार्ता त भइरहकै छ, तर धेरै कुरा मिलेको छैन । तर, आज भने हामी सरकारमा जाँदैनौं । उहाँहरुले मन्त्री मण्डल विस्तार गर्नुहुन्छ कि गर्नुहुन्न, त्यो थाहा छैन ।’

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्