Logo
१२ श्रावण २०८१, शनिबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले-माओवादीका थप १२ मन्त्रीको आज शपथ हुँदै

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । शुक्रबार एमालेका ७ र माओवादीका तर्फबाट ५ मन्त्री थपिने भएका छन् । शुक्रबार ४ बजे राष्ट्रपति निवासमा एमाले र माओवादीका १२ मन्त्रीको शपथ ग्रहण हुने कार्यक्रम रहेको प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । जनार्दन शर्मा मन्त्री बन्ने भनिए पनि अन्तिम समयमा उनको नाम सूचीबाट हटाइएको छ ।

एमालेका तर्फबाट प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् भने गोकर्ण बिष्टले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । त्यस्तै, रवीन्द्र अधिकारी पर्यटनमन्त्री बन्ने भएका छन् भने जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् । भौतिक पुर्वाधारमा रघुवीर महासेठ मन्त्री बन्ने भएका छन् । सूचना तथा सञ्चारमा भने गोकुल बास्कोटालाई राज्यमन्त्री बनाइने भएको हो । त्यस्तै, शेरबहादुर तामाङ कानुनमन्त्री बन्ने भएका छन् ।

उता माओवादीका तर्फबाट बिना मगरले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएकी छन् भने बर्षामान पुनले ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । त्यस्तै, गिरिराजमणि पोखरेलले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् भने शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइँदै छ। बिना मगर माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी छन् । चक्रपाणि खनाल कृषि तथा सहकारी मन्त्री बन्दै छन् ।

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्