Logo
२३ बैशाख २०८१, आईतबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणेश युवा कमिटि धनुष सागरको स्वरुप बिर्गान तर्फ उद्धत,सरोकारवालाहरु मौन

पाँच वर्ष अघि जनकपुरधाममा सुरु भएको सार्वजनिक सम्पत्ति संरक्षण एवं सरसफाई अभियानले गति लिन नसक्दै गणेश युवा कमिटिले पोखरीको डीलमै नयाँ भौतिक संरचना निर्माण कार्य थालेको छ । जनकपुरको मुटुमै स्थित ऐतिहासिक धनुषसागरको स्वरुप नै बिग्रिने गरि निर्माण कार्य थालिए पनि सम्बन्धित निकाय मौन बनेको छ ।

कमिटिले यस अघि निर्माण गरेको भवनमा आप्mनो कार्यालय संचालन गर्दै आएको छ भने अब मन्दिरको भवनलाई विस्तार गर्ने बहानामा सागरको मौलिक स्वरुप बिगार्न उद्यत देखिएको छ । धार्मिक आस्थाको कारण मन्दिर निर्माणको लागि कुनै पनि पक्षबाट बिरोध नगर्ने नागरिकको बाध्यताको लाभ उठाउँदै कमिटिले थालेको निर्माण कार्यमाथि तत्काल रोक लगाउनु पर्ने आवश्यकता रहेको स्थानीय बुद्धिजिबीहरुको धारणा छ । क्लबका पदाधिकारीहरुले मनोमानी गर्दै सार्वजनिक सम्पत्तिलाई संस्थाकै सम्पत्ति झैं चलाईरहँदा पनि कतैबाट आवाज नउठ्नुले क्लबका पदाधिकारीहरुको दादागिरीपनलाई नाँगो झार बनाएको नाम नखुलाउने सर्तमा एक स्थानीय पसलेले बताए ।

‘कसले बिरोध गरोस, उनीहरुमाथि ठुलो राजनीतिक दलको आर्शिवाद जो छ , गुण्डा छन उनीहरु आज बिरोध गर्छु भोली मेरो रामधुलाई हुन्छ ,व्यापार व्यवसाय समेत बन्द हुन सक्छ ,रोजीरोटीको सवाल छ बोलिन्न पत्रकारज्यु केही बोलिन्न लेख्नुस जे मन लाग्छ त्यो तर मेरो नाम नदिनुस हई ’— उनले भने । क्लब बिरुद्ध जनकपुरवासी चुईक्क बोल्न नचाहनुले कमिटिको दम्भ र दादागिरी चरित्रलाई उदांगो पारेको छ । एकातिर जनकपुरधामलाई पुर्ण रुपमा अतिक्रमणमुक्त बनाउने चर्चा चलिरहँदा अर्काे तर्फ गणेश युवा कमिटिले थालेको निर्माण कार्यमाथि कुनै अवरोध नहुनुले जनकपुरधामको बेथीतिलाई प्रष्ट गरेको नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष एवं पुर्व केन्द्रिय सदस्य अशोक रौनियारको बताउँछन। ‘अतिक्रमणकै शिकार भई यहाँ रहेका दर्जनौ ऐतिहासिक पौराणिक महत्वका पोखरी सरोवरहरु विलुप्त नै भईसकेको छ ,कतिपय पोखरी तलाउहरुको मौलिक स्वरुप नै बिर्गाने गरि निर्माण कार्य गरिएको छ , यो हालत रहिरहे र यसको बिरोध गर्न नसकिए भविष्यमा जनकपुरमा एउटा पनि पोखरी आप्mनो मौलिक स्वरुपमा नरहने निश्चित छ , — रौनियारले भने ,।

करिब चार वर्ष जनकपुरधामलाई अतिक्रमणमुक्त बनाउने उद्देश्यले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद तथा गुठी संस्थान जनकपुरको सहकार्यमा चलाईएको अभियानकै बेला गणेश युवा कमिटिको भवनलाई सार्वजानिक कार्यकै निम्ति प्रयोग गर्ने र क्लबले यो ठाउँ छोडनु पर्ने सहमति भएको थियो भने त्यहाँ रहेको पान पसललाई तत्काल हटाईएको थियो ।

सोही अभियानको कारण जानकी मन्दिर वरिपरिका तीन वटा पोखरीको डीलमा रहेका भवनहरु भत्काउनुको साथै पोखरी तलाउ संरक्षणको कार्यले नयाँ मार्ग पाएको थियो ।तर अभियानले तिब्रता नलिंदै स्थानीय प्रशासनबाट असहयोग तथा गुठी संस्थानले नै आनाकानी गर्न थालेपछि स्थगति गर्नु परेको जानकारी दिंदै अतिक्रमणुक्त जनकपुरधाम अभियानका हिरो समेत रहेका पुर्व अध्यक्ष शर्माले गुठी संस्थानलाई यथाशिघ्र यस्तो कार्यहरु रोक्नु पर्ने आवश्यकता रहेको बताएका छन ।

जनकपुरका अधिकांश सार्वजानिक सम्पत्तिहरु मन्दिरको हो या गुठीको या उपमहानगरपालिकाको भन्दै अझै पनि अन्योलता कायम रहेको बताउंदै यसको दीर्घकालिन संरक्षणको निम्ति गुठीले उपमहानगरपालिका वा परिषदलाई जिम्मा लगाउनु पर्ने सुझाउ दिए ।

स्मरणीय छ कि केही वर्ष पुर्व कै घटना हो निर्माण कार्यको निम्ति धनुष सागर पोखरीको पानी सुकाईएको थियो सो क्रममा क्लबका पदाधिकारीहरुले पोखरीमा रहेका अत्यन्त महत्वपुर्ण कछुवा ,सामान्यतया देख्न नसकिने दुई दुई क्विन्टलको बुआरी लगायतका माछा सहितका जलचर प्राणीहरुलाई मारेर लाखौ रकमको चलखेल समेत गरिसकेको छ । यद्यपि क्लबमाथि कारवाही हुन त परको कुरो अब त त्यो मुद्दा नै सेलाईसकेको छ ।

प्रकाशित मिति: Mar 15, 2018

प्रतिक्रिया दिनुहोस्