Logo
१२ श्रावण २०८१, शनिबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्घटनाग्रस्त विमानको मूल्य ३ करोड ३२ लाख अमेरिकी डलर, क्यानडामा निर्माण

काठमाडौं : त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानको हाल बजार मूल्य ३ करोड ३२ लाख अमेरिकी डलर छ । त्रिभुवन विमानस्थलमा गत सोमबार दुर्घटनाग्रस्त युएस–बाङ्ला विमान सन् २००१ मा क्यानडामा निर्माण भएको बंगलादेशी अधिकारीले जनाएका छन् । विमानको उडान क्षमता ८० हजार घन्टा भएको पनि उनीहरूले बताएका छन् । बंगलादेश उड्डयन प्राधिकरणका प्रमुख एम नइम हसनले दिएको जानकारी अनुसार दुर्घटना हुँदा विमानले १९ हजार घन्टा मात्र यात्रा गरेको थियो ।

विमान उडाएका क्याप्टेन अबिद सुल्तानको प्राधिकरणका प्रमुख नइमले बचाउ गरेका थिए। सुल्तानले सोमबार ढाकाबाट काठमाडौं उड्नुअघि पदबाट राजीनामा दिएका थिए । नइमले भने, ‘उनी मेरो विधार्थी हुन् । ‘बम्बाडियर डास–८ क्यु–४००’ नामक यो विमान सन् २००१ मा निर्माण भएको थियो’, नइमले ढाकामा आयोजित पत्रकार सम्मेलनमा विमान धैरे पुरानो पनि नभएको र उडाउन अयोग्य पनि नरहेको प्रतिक्रिया दिएका छन् । उनी प्रतिभाशाली विद्यार्थी थिए। डास एयरक्राफ्ट उडानमा उनको रेकर्ड राम्रो थियो ।’

नेपालले घटनाको अनुसन्धानका लागि ६ सदस्यीय कमिटी गठन गरिसकेको छ। बंगलादेशको पनि तीन सदस्यीय अनुसन्धान टोली काठमाडौंमा छन् । उड्डयन नियमावली अनुसार पाइलटले जागिरबाट राजीनामा गरेपनि उनलाई पदमुक्त नगर्दासम्म काम गर्नुपर्ने हुन्छ । दुर्घटनाग्रस्त विमानका कप्तान सुल्तानले लामो समय उडान भरेको भन्ने विषयमा पनि नइमले स्पष्टीकरण दिँदै भने, ‘हामी सबै विषयको सुक्ष्म अध्ययन गरिरहेका छौं । यदि पाइलटले आफ्नो समयभन्दा बढी उडान भरेको थाहा भएमा युएस–बाङ्ला विरूद्ध कडा कारबाही गरिनेछ ।’

उनले प्लेनको अवस्था राम्रो रहेको प्रस्टीकरण दिए । ३ महिनाअघि मात्र एयरक्राफ्टको वार्षिक परीक्षण गरिएको जानकारी गराए । ‘एयरक्राफ्टको अवस्था खराब थियो भने काठमाडौं उड्नु एक दिनअघि यसले ढाका–चित्तागोंग–ढाकाको यात्रा गर्ने थिएन’, उनले भने । उनले प्लेनको ‘ब्ल्याक बक्स’ शीर्घ क्यानडास्थित कम्पनीमा पठाउने पनि जानकारी दिए । ‘ब्ल्याक बक्सको डिकोडिङ गरेपछि मानवीय त्रुटिले वा प्राविधिक गडबडीले घटना भयो भन्ने तथ्य बाहिर आउनेछ’, उनले भने ।

प्रकाशित मिति: Mar 15, 2018

प्रतिक्रिया दिनुहोस्