Logo
१२ श्रावण २०८१, शनिबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूज एसियाबाट ‘राज्जा रानी’ मैथिली सिनेमामा अधारित डकुमेन्टरी प्रसारण

राज्जा रानी मैथिलीसिनेमालाई समेटेर नेपालस चाइल्ड ब्राईडस (Nepal’s Child Brides) अन्तराष्ट्रिय डकुमेन्टरी तयार गरीएको छ । सिगांपुरको च्यानलन्यूज एसियाबाट १२ मार्च २०१८ को दिन प्रसारण भएको उक्त डकुमेन्टरी सोही टेलिभिजनद्धारा नेपालका विभिन्न स्थानमामा छायाकंनगरि तयार गरिएको छ । नेपालमा बालविवाह एवम् दाइजोको वर्तमान अवस्था र यसले निम्त्याउने नाकारात्मक असरहरु तथा बालविवाह एवम् दाइजो विरुद्ध गरिएको सृजनात्मक तथा उदाहरणिय पहलहरु मथि खोज गरी उक्त डकुमेन्टरी तयार पारिएको छ ।

यही फेब्रुअरी २०१८ मा नेपालका विभिन्न स्थानहरुमा छांयाकन गरीएको डकुमेन्टरीलाई सिगांपुरमा कार्य गर्दै आएका पाकिस्तानी फिल्ममेकर सहजाद हमिद अहमदले निर्माण तथा निर्देशन गरेका छन् । त्यस्तै, नेपालकै क्यामराम्यान विष्णु घिमिरेले छांयाकन गरेका छन् भने श्रवल राज पाण्डेले साउण्डम्यानको कार्य गरेका छन् । नेपालकी पत्रकार ईरा श्रेष्ठले यस डकुमेन्टरीमा फिल्ड प्रोड्यूसरको जिम्मेवारी निर्वाह गरेकी छन् ।

नेपालका लगभग तीन करोड व्यक्तिहरुले पुस्तौदेखि ढाकछोप गरेर राखेको कुप्रथादाइजो र यसले बालविवाह, महिला हिंसा, महिलाको हत्या, र समग्र समाज देशको समृद्धिमा बाधक रहेका तथ्य सहित यस डकुमेन्टरीले सम्भवतः पहिलो पटक दाइजोको मुद्धालाई अन्तराष्ट्रिय स्तरमा उठान गरेको छ । साथै, बालविवाहएवम् दाइजो अन्त्यको लागि नेपाल सरकार तथाविभिन्न सरोकारवालाहरुको प्रयास र बालविवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपालको पहलहरुलाई समेत समेटेको छ ।

यस डकुमेन्टरीमा अन्य सरोकारवालाहरुको प्रयास सहित भोर कम्पनी प्रा.ली. ले दाइजो पिडितको सत्य घटनमा आधारीत भएर निर्माण गरेको तथा विभिन्न माध्यमबाट प्रदर्शन गरिरहेको राज्जा रानीे मार्फत नेपालका आमजनसमुदाय माझ बालविवाह, दाइजो एवम् महिला हिंसा विरुद्ध सचेतना अभिवृद्धि अभियानलाई प्रमुखताको साथ समेटीएको छ । डकुमेन्टरीमा बालअधिकार अभियन्ता तथा फिल्ममेकर राजकुमार महतो, बालविवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपाल र राज्जा रानी मैथिलीसिनेमाको प्रयासलाई सृजनात्मक र सफलउदाहरणको रुपमा प्रस्तुत गरिएको छ ।

अभिनेत्री केकी अधिकार र अभिनेतानाजिर हुसेन अभिनित चलचित्र ‘राज्जा रानी’ को निर्माण आर्यन फिल्मस र भोर कम्पनी प्राली ले गरेको छ । सम्भवत, नेपाली सिनेमा अन्तराष्ट्रिय डकुमेन्टरीमा समावेश भएको यो पहिलो पटक होला । यामथापाको निर्देशन र रमेश एमके पौडेलतथा राजकुमार महतोले निर्माण गरेको चलचित्र ‘राज्जा रानी’ मा केकी, नाजिरसंगै कामेश्वर चौरसिया, दीपक क्षेत्री, संगीता नापित लगायतका कलाकारको मुख्यभूमिका रहेको छ ।

नेपालस चाइल्ड ब्राइडस नामकउक्त डकुमेन्टरी हेर्न यस लिंकमा क्लिक गरि हेर्न सकिन्छ

प्रकाशित मिति: Mar 15, 2018

प्रतिक्रिया दिनुहोस्