Logo
१२ श्रावण २०८१, शनिबार
(March 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ न्यायाधीश जोशीले सम्हाले कायम-कायमको जिम्मेवारी, पेशी समेत तोकियो

काठमाडौँ : न्यायपरिषदले प्रधानन्याायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्रचार गरेसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक जोशीले कायम मुकायमको जिम्मेवारी सम्हालेका छन् । कायम मुकायम प्रधानन्यायाधीश जोशीले बिहीबार सर्वोच्च अदालतको पेशी सूची तोकेका छन् । जोशीले आफुलाई एकल इजलाससहित अन्य न्यायाधीशलाई पेशी तोकेका हुन् ।

जोशीले न्यायायधीशहरु ओमप्रकाश मिश्र, टंकबहादुर मोक्तान, चोलेन्द्र शम्शेर जबरा, डम्बरबहादुर शाही, दीपककुमार कार्की र बमकुमार श्रेष्ठ, केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारी, शारदाप्रसाद घिमिरे र सपना मल्ल प्रधानलाई पेशी तोकेका हुन् ।

त्यस्तै मीरा खड्का र प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराई, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलास तोकिएको सर्वोच्च अदालतको दैनिक पेशी सूचीमा उल्लेख छ ।

अरु दिन १० बजेपछि मात्रै तोकिने पेशी विहिबार भने चाँडै तोकिएको हो । न्यायपरिषदले पराजुलीलाई बुधबार उमेरहदका कारण पदमुक्त भएको पत्र थमाएपनि पराजुलीले भने त्यसलाई अवैधानिक भन्दै मान्य नहुने बताएका छन् । उनले बिहीबार पनि आफु कार्यलय पुगेर आफ्नो कामलार्य निरन्तरता दिने बताएका छन् ।

प्रकाशित मिति: Mar 15, 2018

प्रतिक्रिया दिनुहोस्