Logo
१२ श्रावण २०८१, शनिबार
(March 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवादमा बर्खाती : अर्को पत्र अनुसार पराजुलीको उमेर झन् घट्यो

काठमाठौं । गाेपाल पराजुलीकाे सेवा अवधि १ वर्ष २ महिना १७ दिन बाँकी छ (वुधबारकाे मितिमा) । तर, पराजुली महोदयको उमेर ३ थरीका छन् । सरकारी कागजात अनुसार पराजुली ३ पल्ट जन्मिएका छन् अर्थात् जन्ममिति नै ३ वटा छ । पराजुलीले जन्म दिन कहिले मनाउँछन् त्यो चाहीँ खुल्न बाँकी छ ।

सरकारी डकुमेण्ट कतिसम्म कमजोर हुन्छन्, र सरकारी कर्मचारी कतिसम्म लापार्वाह हुन्छन् भन्ने प्रमाण हो, यो ।पराजुलीले ९ मंसीर २०६७ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिए । प्रतिलिपिमा उनको १६ वैशाख २०१० जन्ममिति कायम भएको छ (नागरिकता प्रमाणपत्र नम्बर १८०३/४४१/३०१०) । प्रतिलिपि सही हो भने उनको उमेर अब ६४ वर्ष १० महिना १४ दिन भएको छ (वुधबारकाे मितिसम्म) ।

१८ कात्तिक २०४८ मा पुनरावेदन अदालतको न्यायाधीशबाट न्याय सेवा प्रवेश गर्दा न्यायाधीश पराजुलीले पेश गरेको नागरिकताका आधारमा न्याय परिषद्ले उनको जन्ममिति २१ साउन २००९ कायम गरेको थियो । उनले पहिलोपल्ट तनहुँबाट नागरिकता लिँदो जन्म मिति हो यो । यही जन्मतिति अनुसार हो भने पराजुली गएको साउन २१ मै रिटायर्ड हुनुपर्ने हो । यही जन्ममिति हो सुशिला कार्की न्यायपरिषद सदस्य हुँदा सदर गरिदिएको जन्ममिति । तर जव पराजुली न्यायापरिषद अध्यक्ष भएपछि परिषदले उनको जन्म मिति २०१० वैशाख १६ कायम गर्यो । सर्वोच्चका न्यायाधीशद्वय दीपक कुमार कार्की र शारदाप्रसाद घिमिरेको बेन्चले उत्प्रेषणको आदेशले कार्कीको निर्णय बदर गरिसकेको छ ।

न्यायाधिशको उमेरबारे न्यायपरिषद ऐनले के भन्छ ?
पराजुलीको उमेर फरक फरक देखिएपछि, परिषद्का सचिव निरौलाले ऐनको दफा ३१ (७) बमोजिम निर्णय गरेको हो ।न्याय परिषद ऐन को दफा ३१, उपदफा १ अनुसार, यति पराजुलीको उमेर हद २०७४ साउन २१ मै सकिएको हो भने, त्यसको ६० महिनाअघि २०७४ जेठ २१ अघि नै उनी र सम्बन्धित निकायलाई किन जानकारी गराइएन ? नृपध्वज निरौलाजी कुरा के हो ?

प्रकाशित मिति: Mar 15, 2018

प्रतिक्रिया दिनुहोस्