Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२३ कुटनीतिज्ञलाई देशनिकाला गर्दै बेलायतले तोड्यो रुससंगको उच्चस्तरीय सम्बन्ध

बेलायतले रुससंगको उच्चस्तरीय सम्पर्क तोडेको छ । रुसले अनावश्यक बखेडा झिकेपछि बेलायतले उच्चस्तरीय सम्पर्क तोड्दै २३ जना रुसी कुटनीतिज्ञलाई पनि देश निकाला गर्ने निर्णय गरेको हो । बेलायतले एक हप्ताभित्र निष्कासित रुसी कुटनीतिज्ञहरुले बेलायत छाड्न निर्देशन दिएको छ । बेलायतले रुसमाथि रासायनिक हतियारमाथि लगाइएको प्रतिबन्धको उल्लंघन गरेको आरोप पनि लगाएको छ । रुसले भने सबै आरोपको खण्डन गरेको छ ।

मार्च ४ तारिखमा बेलायतमा एक रुसी जासुस र उनकी छोरीलाई रुसले विष दिएको आरोप लागेको थियो  । उनीहरुको अवस्था गम्भीर छ । रुसको जासुस भनिए पनि उनी बेलायतका लागि काम गर्ने गरेको बताइएको छ । त्यसैगरी मेले रुसमा हुने विश्वकप फुटबलमा समेत बेलायती शाही परिवारका सदस्य सहभागी नहुने बताएकी छिन् । उनले रुसी विदेश मन्त्रालयको आग्रह लत्याउँदै उच्चस्तरीय सम्पर्कसमेत विच्छेद भएको बताएकी छिन् ।

बेलायती यो निर्णयसँगै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बेलायती अधिकारी जोनाथन एलेनले रुसले यस्तो रासायनिक हतियार प्रयोग गरेको बताएकी जुन युद्धमा समेत प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । अमेरिकी राजदूत निकी हेलीले पनि बेलायतको समर्थन गरेकी छिन् । रुसले सबै आरोपको खण्डन गरेको बीबीसीले समाचार बनाएको छ ।

प्रकाशित मिति: Mar 15, 2018

प्रतिक्रिया दिनुहोस्