Logo
१२ श्रावण २०८१, शनिबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौशालास्थित एक होटलबाट हतियारसहित गणेश लामा पक्राउ

काठमाडौं : गुण्डा नाइकेको रुपमा प्रसिद्ध गणेश लामा काठमाडौंको गौशालास्थित एक होटलबाट हतियारसहित पक्राउ परेका छन् ।

नेपाल प्रहरीका अनुसार उनीसँग पेस्तोल र ६ राउण्ड गोली बरामद भएको छ ।

गौशाला स्थित पशुपति भिजनमा रहेको होटेलमा गोली चलेपछि पुगेको प्रहरी टोलीले लामालाई हतियारसहित पक्राउ गरेको हो ।

के कारणले गोली चलेको भन्ने अझै खुलेको छैन । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार गोलीको आवाज आएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

प्रहरी त्यहाँ पुग्दा लामासँग पेस्तोल र ६ राउण्ड गोलीका साथै खोका पनि फेला परेको छ ।

 

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्