Logo
१२ श्रावण २०८१, शनिबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमान दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै बिहीबार राष्ट्रिय विदा

बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै बंगलादेशी सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो ।

बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदित उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको लागि प्रार्थना गरिनेछ भने त्यस दिनका लागि राष्ट्रिय विदा दिइने छ ।

बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपरान्ह नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुदा नेपाली सहित ५१ जनाको ज्यान गएको थियो । सो विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्