Logo
१२ श्रावण २०८१, शनिबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुधबार पनि सर्वोच्चका आठ न्यायाधीशद्वारा इजलास बहिस्कार

काठमाडौं : प्रधानन्यायाधीशको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले बुधबार पनि इजलाश बहिस्कार गरेका छन् ।  उक्त न्यायाधीशहरुले मंगलवारपनि इजलाश बहिस्कार गरेका थिए ।  प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूसँग असहमत रहेका चोलेन्द्र शम्शेर जबराको भने बुधबार पनि इजलास तोकेनन् । चोलेन्द्रले सोमबार इजलासमै लिखित वक्तव्यमार्फत पराजुलीको पदावधि गत साउनमै सकिएको भन्दै उनले तोकेको इजलास बहिस्कार गर्ने जनाएका थिए । उनको इजलास मंगलबार पनि तोकिएको थिएन ।

मंगलबार न्यायाधीशहरु दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र आनन्दमोहन भट्टराईले इजलास बहिस्कार गरेका थिए । उनीहरु बुधबार पनि उपस्थित नभएको सर्वोच्च अदालतका एक अधिकारीले बताए ।

बुधबार पनि पराजुलीले हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई ८ नम्बर इजलास तोकेका छन् । त्यस्तै आनन्दमोहन भट्टराई र सपना प्रधान मल्ललाई ९ नम्बर इजलास तोकेका छन् भने दीपकराज जोशी र विश्वम्भरप्रसाद श्रेष्ठलाई १ नम्बर इजलास तोकेका छन् । त्यस्तै अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतलाई १० नम्बर इजलास तोकिएको छ । यीसहित ९ न्यायाधीश पराजुलीको विपक्षमा उभिएका छन् भने अन्य ११ न्यायाधीश भने इजलासमा छन् ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्