Logo
१२ श्रावण २०८१, शनिबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चरम विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त (पत्रसहित)

काठमाडौं : चरम विवादमा तानिएका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई न्याय परिषद् सचिवालयले पदमुक्त गरेको छ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।

सचिव नृपध्वज निरौलले हस्ताक्षर गरिएको पत्रमा प्रधानन्यायाधीश गोपाल पराजुलीको २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा सचिवस्तरीय निर्णयबाट प्रधानन्यायाधीसलाई पदमुक्त गरिएको उल्लेख छ ।पत्रमा भनिएको छ, ‘सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४।४।२१ मा नै पुरा भईसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरिय निर्णय अनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु।’

परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधबार प्राप्त पत्रको आधारमा पराजुलीलाई पदमुक्त गर्ने निर्णय गरिएको न्याय परिषद्को पत्रमा उल्लेख छ । न्याय परिषद सचिवालयले काटेको पत्रमा पराजुली उमेर हदका कारण दमा नरहेको उल्लेख छ । पराजुलीले ३१ साउनमै ६५ वर्ष उमेर पुरा गरेको परिषद्ले जनाएको छ ।

परिषदका सचिव निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । परिषद्को सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख गरिएको छ । पत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा पुर्‍याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्