Logo
१२ श्रावण २०८१, शनिबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणेश तिमिल्सिना राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित

काठमाडौँ : राष्ट्रिय सभाको अध्यक्षमा एमाले सांसद गणेश तिमिल्सिना निर्वाचित भएका छन् । उनलाई बुधबार बसेको राष्ट्रिय सभा बैठकले औपचारिक रूपमा सभाको अध्यक्ष निर्वाचित भएको घोषणा गरेको हो ।

गठबन्धन दलबीच प्रतिनिधिसभाको सभामुख माओवादी, राष्ट्रिय सभाको अध्यक्ष एमालेबाट बनाउने समझदारी भएको थियो ।

राष्ट्रिय सभा अध्यक्षको लागि गत सोमबार निर्धारित समयभित्र वाम गठबन्धनतर्फबाटतिमिल्सिनाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भइसकेका थिए। तर, त्यसको औपचारिक घोषणा भने आज बसेको राष्ट्रिय सभा बैठकले गरेको हो ।

राष्ट्रिय सभा अध्यक्ष प्रतिनिधिसभाका सभामुखकै समान मर्यादाको पद हो । सभामुखमा माओवादीका कृष्णबहादुर महरा निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्