Logo
१२ श्रावण २०८१, शनिबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्घटनापछि उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंशा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री ए.के.एम. शाहा जहाँ कमालसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री ओलीले गत फागुन २८ गते भएको यूस बंगलाको विमान दुर्घटनालाई दुखद् भनेका छन् । मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंशा गरेका छन् ।

नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेजले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेको मन्त्री कमालले जानकारी दिए । प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री,सरकार र जनतालाई समवेदनासहित सहानुभुति प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी दिए । आयोगले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य बाहिर आउने प्रधानमन्त्री ओलीले मन्त्री कलामलाई बताए ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्