Logo
११ श्रावण २०८१, शुक्रबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले संविधान संशोधनको प्रक्रिया थालिसक्यो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले आवश्यकताको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन थालेको बताएका छन् । संविधान गतिशिल दस्तावेज भएकोले भन्दै ओलीले आवश्यकता र औचित्यका आधारमा सरकारले संशोधनको काम अघि बढाएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मतदिएका प्रतिनिधि सभा सांसद, राष्टिकय सभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा ओलीले भने,‘संविधान समयको मागअनुसार संसोधन गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको छ, यसमा दुईमत छैन् ।’

प्रधानमन्त्री ओलीले देशलाई नोक्सानी हुने र अखण्डतामा असर पर्ने गरी संसोधन भने नहुने स्पष्ट पारे । सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताउँदै अप्राकृतिक, असामाजिकतत्वहरुलाई सरकारले निष्कृय पार्ने समते ओलीले बताए ।

सरकार हिंसा र अपराध रोक्न कडाइका साथलागि पर्ने बताउँदै ओलीले भने,‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाका विरुद्ध जागरण अभियानपनि चलाइन्छ, कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’ प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा दोहोर्याए ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्