Logo
१३ बैशाख २०८१, बिहीबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राइम लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासोरेन्स सम्झौता

काठमाडौं : प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंकबीच बैंकासोरेन्स सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु जनताका देशभर रहेका शाखा कार्यालयबाट उपलब्ध हुनेछन् ।

हाल प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर जारी भइरहेको अवस्था रहेको साथै २०७४ चैत १४ गते एघारौं वार्षिक साधारण सभाबाट पारित भए पश्चात ९७ करोड ६३ लाख २० हजार रुपैयाँ हकप्रद शेयर समेत कायम हुने चुक्ता पूंजीमा १२.५ प्रतिशतका दरले बोनस शेयर दिने समेत कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्