Logo
११ श्रावण २०८१, शुक्रबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा बृहद दिवाभोज : उपेन्द्र समेत महतो-ठाकुरको पनि उपस्थिीति

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निजि निवास बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरुसहित तीनवटै संसदका सदस्यहरुको बृहद जमघट गरिएको छ । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरुलाई निम्तो दिइएको सो जमघटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता–सांसदहरु भने छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा एमाले–माओवादी केन्द्रका अलावा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु पनि सो जमघटमा छन् । यसैगरी सातवटै प्रदेशका मुख्यमन्त्री र केन्द्रीय–प्रादेशिक सरकारका सबैजसो मन्त्रीहरु पनि सो जमघटमा निम्त्याइएका छन् ।

राष्ट्रपति निर्वाचनमा प्राप्त सफलताको खुसियालीमा प्रधानमन्त्री ओलीले वाम तथा मधेशी गठबन्धनका सांसदहरुका लागि दिवाभोजको आयोजना गरेका हुन् । हिजो भएको राष्ट्रपति निर्वाचनमा वामगठबन्धनद्वारा प्रस्तावित उम्मेदवार विद्यादेवी भण्डारीले विजय हासिल गरेकी थिइन् । राष्ट्रपति निर्वाचनमा फोरम–राजपाले पनि भण्डारीको पक्षमा मतदान गरेको थियो ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्