Logo
१२ श्रावण २०८१, शनिबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रहेनन् भौतिकशास्त्रका विद्वान एवं विश्व प्रसिद्ध वैज्ञानिक हकिङ 

लण्डन : भौतिकशास्त्रका विद्वान सिद्धान्तकार एवं प्रचलित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तकका बेलायती लेखक स्टेफन हकिङको ७६ वर्षको उमेरमा लण्डनमा निधन भएको छ ।

सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने हकिङलाई भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका प्रखर वैज्ञानिक मान्ने गरिन्छ । हकिङका छोराछोरी लुसी, रोबर्ट र टिमले बीबीसीसँग भनेका छन्— ‘आज हाम्रा प्रिय बुबा बित्नुभएको छ, हामी मर्माहत छौं ।’

केही तथ्यहरु :
उनकाे जन्म सन् १९४२, जनवरी ८ मा भएको हो।
१९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा न्याचुरल साइन्स पढ्ने अवसर पाए। त्यसपछि क्याम्ब्रिजबाट विद्यावारिधी गरे।
१९६३ मा उनलाई मोटर न्यूराेन भन्ने राेग देखियो। त्यसबेला उनी २ वर्ष मात्रै बाँच्ने बताइएको थियो।
१९७४ मा उनले ब्ल्याक होलले एक प्रकारको उर्जा उत्सर्जन गर्छ भन्ने सिद्धान्त प्रतिपादन गरे जसलाई पछि ‘हकिङ रेडियसन’ भनेर चिनियो।
१९८८ मा प्रकाशित उनले लेखेको किताब‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ १ कराेडभन्दा बढी प्रति विक्री भइसकेकाे छ।

शारीरिक कमजोरीले प्रतिभालाई रोक्दैन भन्ने उनी आफैमा उत्कृष्ट दृष्टान्त हुन् । उनै महान बैज्ञानिकले विभिन्न सन्दर्भमा व्यक्त गरेका विचारहरु यहाँ उल्लेख गरिएको छ, जसले हाम्रो जीवन र दृष्टिलाई बदल्न सक्छ ।

प्रेरक प्रसङ्ग :

१. स्कुलमा म आफ्नो कक्षामा राम्ररी पढाई गर्न सक्दिनथे । त्यो एकदमै राम्रो कक्षा थियो । मेरो कक्षाकार्य एकदमै नराम्रो हुन्थ्यो । मेरो लेखाइले शिक्षकलाई निराश तुल्याउँथ्यो । तर, मेरा सहपाठीहरुले मलाई आइस्टाइन नामले बोलाउथे । त्यो सायद उत्कृष्ट संकेत थियो ।

२. जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो-ठट्टा गरेनौं भने ।

३. कार्यले तपाईको उदेश्य र अर्थ बताइदिनेछ । र, यसबिना जीवन सून्य छ ।

४. चाहे जीवन जतिसुकै मुश्किल लाग्छ, त्यसैले तपाइलाई अगाडि बढ्न र सफलता प्राप्त गर्न उर्जा दिन्छ ।

५. पहिलो कुरा, सधै तारालाई हेर्नुहोस्, न कि मुनीको पैतलालाई । जे देख्नुहुन्छ त्यसप्रति जिज्ञासा राख्नुहोस् । उत्सुक रहनुहोस् ।

६. यदि कसैले तपाइसँग गुनासो गर्छ, कि तपाइले कुनै गल्ती गर्नुभयो । उसलाई भन्नुहोस् कि यो राम्रो भयो । किनभने बिना गल्ती वा त्रुटी न तपाई न म यस धर्तीमा रहन सक्छु ।

७. मलाई थाहा छैन । जो मान्छे आफ्नो बुद्धिको विषयमा दावी गर्छ, ऊ हारेका व्यक्ति हुन् ।

८. मैले ध्यान दिएको छु कि, जो व्यक्ति जुन कुरामा पहिला नै निर्धारित गर्ने दावी गर्छ र दावी गर्छ कि हामीले त्यसलाई बदल्नका लागि केही गर्न सक्दैनौ । उसलाई बाटो पार गर्नुअघि राम्ररी देखाउनुपर्छ ।

९. तपाई विकलाङ्ग हो वा अपाङ्ग, त्यो तपाईको कुनै गल्ती होइन । साथै यसका लागि दुनियालाई दोष दिनु र ईश्वरसँग दयाको अपेक्षा गर्नु सही होइन । बस्, तपाईभित्र सकारात्मक उर्जा र विचार हुनुपर्छ ।

१०. यदि कुनै मानिस शारीरक रुपले अपाङ्ग छ भने, उनीहरु आफ्नो मनबाट अपाङ्ग वा विकालाङ्ग हुनु हुँदैन । मेरो विचारमा उनीहरुले यस्तो गतिविधिमा ध्यान दिनुपर्छ, जसले एक शारीरिक विकलाङ्ग व्यक्तिलाई थप बाटा नपुर्‍याओस् ।

११. विज्ञान केवल तर्कको अनुयायी होइन, रोमान्स र उत्साह पनि हो ।

१२. हामी आफ्नो लोभ र मूर्खताको कारण स्वंमलाई नष्ट गर्ने खतरा मोलिरहेका छौं ।

१३. हामी एक औसत तारका सानो ग्रहमा बस्ने बाँदरको एक उन्नत नस्ल हौ । तर हामी ब्रम्हाण्डलाई सम्झन सक्छौ । यसले हामीलाई खास बनाएको छ ।

१४. म चाहन्छु् कि न्यूक्लियर फ्युजन एक व्यवहारिक उर्जाको स्रोत बनोस् । यसले प्रदूषण वा ग्लोबल वार्मिङ बिना नै उर्जाको अटुट आपूर्ति प्रदान गरोस् ।

१५. म केवल एक बच्चा हुँ, जो कहिल्यै ठूलो हुँदैन । म अहिले पनि कसरी, किन भन्ने प्रश्न गरिरहेको हुन्छु ।

१६. मसँग यति धेरै छ कि, म गर्न चाहन्छु । मलाई समय वर्वाद गर्नु घृणा लाग्छ ।

१७. केही पनि छैन, जो सधैं रहन सक्दैन ।

१८. म राम्रो विद्यार्थी थिइन । म कलेजमा धेरै समय विताउदिन थिएँ । म स्वंममा रमाउनमा धेरै व्यस्त थिएँ ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्