Logo
१२ श्रावण २०८१, शनिबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणेशप्रसाद तिमिल्सिनालाई राष्ट्रियसभाले अध्यक्ष घोषणा गर्दै

काठमाडौं : गणेशप्रसाद तिमिल्सिनालाई आज राष्ट्रियसभाले अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने भएको छ ।

राष्ट्रिय सभा अध्यक्षका लागि बामगठबन्धनका तर्फबाट एमालेका तिमिल्सिनाको मात्र उम्मेदवारी परेका कारण आजको बैठकले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागेको हो । त्यसका लागि राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयका सह–प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई/दुई जना सांसद छन् । तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । यसैबीच राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्