Logo
७ जेष्ठ २०८१, सोमबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण विवाहपछि मोटाउछन् प्राय महिलाहरु

तौल बढ्नु महिलाहरुको सबैभन्दा ठुलो समस्या हो । प्रायः महिलाहरु विवाहपछि बढी मोटाउने गरेको पाइन्छ । एक अध्ययनका अनुसार विवाहको ५ बर्षपछि ८२ प्रतिशत जोडीहरुको तौल बढ्ने गर्दछ र मुख्य रुपमा महिलाहरुको तौल बढी बढ्ने गर्दछ । सबैजना जान्न चाहिरहेका हुन्छन् कि विवाहपछि तौल बढ्नुको कारण के होला? हेर्नुहोस् यसको वास्तविक कारण :

हर्माेनमा बदलाब :
बैवाहिक जीवनको सुरुवातसँगै केटीहरुमा कयौँ प्रकारका इमोशनल र हर्माेनल बदलाव आउने गर्दछ । यसका साथै आफूलाई सुरक्षित राख्नका लागि गर्भ निरोधका चक्कीहरु प्रयोग गर्ने गर्दछन् । जुन मोटोपन बढाउने एउटा कारक तत्व बन्ने गर्दछ ।

लापरवाही :
विवाहभन्दा पहिले केटीहरु आफ्नो लुक्स र तौलमा बढी ध्यान दिने गर्दछन् र नियमित व्यायाम पनि गर्ने गर्दछन् । तर विवाहपछि उनीहरु आफ्नो जिन्दगीमा यति व्यस्त हुने गर्दछन् र आफ्नो हेरचाह गर्न उनीहरुलाई समय नै हुदैन ।

निन्द्राको कमी :
विवाहपछि केटीहरुको स्लिपिङ प्याटर्न नै बदलिने गर्दछ । कहिलेकाहीँ त उनीहरुले पर्याप्त नीद लिन पनि पाउदैनन । केटीहरुको तौल बढ्ने मुख्य कारण नै यही हो ।

प्राथमिकता बदलिनु :
विवाहपछि केटीहरुको प्रथमिकता पनि बदलिने गर्दछ । उनीहरुले पति र परिवारका अन्य सदस्यहरुको हिसाबले रुटीन बनाएर काम गर्ने गर्दछन् । यसकारण उनीहरुलाई आफ्नो बारेमा सोच्ने समय नै मिल्दन र तौल बढ्ने गर्दछ ।

बाहिरको खाना खानु :
विवाहपछि नवविवाहित जोडीहरु प्राय डिनरका लागि बाहिर जाने गर्दछन् । जसबाट अत्याधिक मात्रामा क्यालोरी बढी महिलाहरुको पेटको एरिया बढ्ने गर्दछ ।

उमेर :
आजकलका मानिहरु छिट्टै नै विवाह गर्ने गर्दछन् । अध्ययनका अनुसार ३० बर्षको उमेरपछि मानिसहरुको शरिरमा मेटाबोलिक रेट कम हुने गर्दछ । जसले गर्दा शरिरको तौल बढ्ने गर्दछ ।

चिन्ता :
आफ्नो घर छोडेर विवाहपछि अर्काको घरमा एडजस्ट गर्नु सबैभन्दा कठिन काम हुने गर्दछ । नयाँ घरमा आफूलाई समाहित गर्दा केही चिन्ता र तनाव हुने गर्दछ । जसले गर्दा अप्रत्यक्ष रुपमा तौल बढ्ने गर्दछ ।

गर्भाधारण :
महिलाहरुको तौल बढ्ने एउटा मुख्य कारण गर्भाशय पनि हो । बच्चा जन्माएपछि उनीहरु आफ्नो बच्चाको हेरचाहमा नै बढी ध्यान दिने गर्दछन् र आफ्ना बारेमा सोच्नका लागि उनीहरुसँग समय नै हुदैन ।

टीभी हेर्नु :
विवाहपछि महिलाहरु बढी समय टीभी हेर्नमा बिताउने गर्दछन् । उनीहरुको समय परिवारका नयाँ सदस्यहरुसँग गसिप गर्दैमा बित्ने गर्दछ । जसले गर्दा उनीहरु आफ्नो तौलका बारेमा सोच्दैनन र मोटोपन बढ्ने गर्दछ ।

प्रकाशित मिति: Mar 13, 2018

प्रतिक्रिया दिनुहोस्