Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमान दुर्घटनामा नेपाली बिद्यार्थी गुमाएपछि ढाकास्थित मेडिकल कलेजमा शाेक

साेमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएकाे विमान दुर्घटनामा अाफ्ना ११ नेपाली बिद्यार्थी गुमाए पछि बंगलादेशकाे ढाकास्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटल शाेकमा डुबेकाे छ । दुर्घटना पछि भावविह्ल कलेजले मृतक अाफ्ना बिद्यार्थीहरूकाे सम्मान र सम्झनामा ३ दिन शाेककाे घाेषणा गरेकाे छ । कलेजले अाजका सबै पठन पाठन र परिक्षा कार्यक्रम बन्द गरिएकाे बताएकाे छ ।

कलेजका प्रमुख प्राे.डा.अबेद हुसैनले घटनाप्रति गहिराे दुखः व्यक्त गर्दै शाेक सन्तप्त परिवारप्रति धैर्यका अपिल गरेका छन् । प्राे.डा. हुसैनका अनुसार उक्त कलेजमा २५० जना नेपाली चिकित्सा बिद्यार्थी अध्ययनरत छन् । एमबीबीएस फाइनल गरेर साेमबार १३ बिद्यार्थी अाफ्नाे घर फर्कदैँ थिए जाे कहाली लाग्दाे दुर्घटनामा परे।

दुर्घटनामा उक्त कलेजका सञ्जय पौडेल, सञ्जया महर्जन, निगा महर्जन, एञ्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, श्वेता थापा, नीली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल, समिरा व्यञ्जनकार, आस्मा शाक्य र पिंकी धामी परेका थिए। उनीहरू मध्ये समिरा व्यञ्जनकार र पिंकी धामी घाइते छन् भने अरू ११ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: Mar 13, 2018

प्रतिक्रिया दिनुहोस्