Logo
१२ श्रावण २०८१, शनिबार
(March 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सैन्यस्तरको सम्बन्धबारे रक्षामन्त्री पोखरेल र भारतीय राजदूत पुरीबीच भेटवार्ता

काठमाडौं : भारतीय राजदूत मन्जीव सिंह पुरीले रक्षामन्त्री ईश्वर पोखरेलसँग मंगलबार भेटवार्ता गरेका छन् । रक्षा मन्त्रालयमा भएको भेटवार्तामा सैन्यस्तरको सम्बन्धबारे समेत छलफल भएको बताइएको छ । पोखरेललाई बधाई दिँदै पुरीले कार्यकालको सफलताको कामना समेत व्यक्त गरे ।

भेटका अवसरमा रक्षामन्त्री पोखरेलले नेपाली सेनाको क्षमता विकासको लागि भारत सरकारले पुर्‍याउदै आएको सहयोग र सदभाव प्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरे ।

उनले दुवै देशका रक्षा मन्त्रालयस्तरमा र सैन्यस्तरको सम्वन्धलाई सुमधुर राख्न चाहेको कुरासमेत व्यक्त गरेका रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

भारतीय राजदूत पुरीले नेपाली सेनाले सुरक्षाको क्षेत्रमा पुर्‍याएको अन्तर्राष्ट्रिय योगदानको सह्राहना गर्दै नेपाली सेनाको क्षमता अभिवृद्धिको लागि विभिन्न प्रकारको तालिम, उपकरण र अन्य विभिन्न क्षेत्रमा सहयोग निरन्तर रहने बताएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 13, 2018

प्रतिक्रिया दिनुहोस्