Logo
१२ श्रावण २०८१, शनिबार
(March 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यूएस बंगला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको यूएस बंगला विमानको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् ।

दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए । सोमबार रातिसम्म ४९ जनाको ज्यान गएको थियो। मंगलबार उपचार गराई रहेका थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ५१ पुगेको हो ।

प्रकाशित मिति: Mar 13, 2018

प्रतिक्रिया दिनुहोस्