Logo
१२ श्रावण २०८१, शनिबार
(March 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमान दुर्घटनामा घाइते भएकाको अवस्था बुझ्न देउवा पुगे अस्पताल

काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभापति देउवा सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

पूर्व प्रधानमन्त्री देउवाले घाइतेसँगको भेटमा स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याई नगर्न सरकारसँग आग्रह गरेका थिए ।   उनले दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकारसँग पहल गर्ने बताए ।

“उपचारमा कुनै कमी आउन नदिन र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग आजै पहल गर्छु,”– उनले  भने  । विमान सोमबार दिउँसो १४.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको थियो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार केएमसी अस्पताल सिनामङगल पुगी सोमबार भएको विमान दुर्घटनामा परी घाइते भएका यात्रुको अवस्थाका बारेमा जानकारी लिदै ।

प्रकाशित मिति: Mar 13, 2018

प्रतिक्रिया दिनुहोस्