Logo
११ श्रावण २०८१, शुक्रबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमान दुर्घटना परि १७ नेपालीसहित जम्मा ५० जनाको मृत्यु (सबै नामावली सहित)

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको यूएस बङ्गलाको विमानमा परि चालक दलका ४ सदस्य, १७ नेपालीसहित ५० जनाको मृत्यु भएको छ । विमानका पाइलट पिथुला रसिदको काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको थियो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पछिल्लो पटक दिएको जानकारीमा ३६ जनाको मृत्यु भएको बताएका थिए । विमान दुर्घटना भएको स्थल र उपचारका लागि लगिएका अस्पतालहरुमा गरेर मृतकको सङ्ख्या ५० पुगेको छ । १७ जनाको जिवितै उद्धार गरिएको विमानस्थल स्रोतले बताएको छ ।

४ जना चालक दलका सदस्यसहित ७१ जना यात्रु लिएर आएको उक्त विमानमा ३३ जना नेपाली यात्रु सवार रहेका थिए । जसमा ३२ जना बङ्गलादेशी र चीन र माल्दिभ्सका एक÷एक जना थिए । विमानमा ३७ पुरुष, २७ महिला र २ जना बालक रहेको विमान कम्पनी यूएस बङ्गलाले बताएको छ ।

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला परेको छ । दुर्घटनाका घाईतेहरुको उद्धार गरी राजधानीका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । नर्भिक अस्पतालमा ल्याईएका ५ मध्ये २ जनाको अवस्था गम्भिर रहेको अस्पतालले बताएको छ ।

बङ्गलादेशको ढाकाबाट काठमाडौं आएको उक्त विमान सोमवार दिउँसो २ बजेर १८ मिनेट जाँदा दुर्घटना भएको हो । विमानस्थलका महाप्रबन्धक क्षेत्रीकाअनुसार उक्त विमानलाई एयर ट्राफिक कन्ट्रोलरले दिएको निर्देशन पालना नगर्दा अनियन्त्रित भई दुर्घटना भएको बताएका छन् ।

७६ सिट सङ्ख्या रहेको उक्त विमान ढाकाको अजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो ।

विमानमा सवार यात्रुहरुको नाम :-

नेपाल

शिला बजगाईं
अल्जिना बराल
चारु बराल
सोबिन्द्रसिंह बोहरा
वसन्त बोहरा
समिरा व्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाईं
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौड्याल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
एञ्जिला श्रेष्ठ
सरुना श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
डा। बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव

बंगलादेश :

फैसल महम्मद
शहरिन अहमद
इकुव अली
फुज्जमान अली
अल्मुन नहर एन्नी
बिल्किस एरा
बेगम हुरुन नहर बिल्क्विस बानु
एमएसटी अख्तरा बेगम
एमडी शाहीन बेपारी
नाजिया अफ्रिन चौधरी
एमडी रिज्वनुल हक
एमडी रोकिबुल हसन
मेहदी हसन
एमराना कबिर हासी
एमडी कबिर हुसेन
सञ्जिदा हुक
एमडी हसन इमाम
मोहम्मद नसरुल इस्लाम
अखी मोनी
मिनाज बिन नासिर
एफएच प्रिओक
तमर्रा प्रिओनमोइ
मोदुर रहमान
महमुदुर रहमान
ताहिरा तन्विन शाशी रेजा
पियास रोय
शेख रसिद रुवायत
युमी सलिमा
सैयादा कम्रुन्नहार शवार्ना
अनिरुद्द जमान
एमडी नुरुज जमान
एमडी रफिक्ज जमान

चीन :

झ्याङ मिङ

माल्दिभ्स :

रिजाना अब्दुल्ला

चालक दल :

पृथुला रसिद
ख्वजा हुसेन
रकिबुल हुसेन

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्