Logo
१२ श्रावण २०८१, शनिबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युएस बंगलाको जहाजमा सवार २२ नेपालीको मृत्यु भएको पुष्टि

सोमबार भएको युएस बंगलाको जहाज दुर्घटनामा परी २२ नेपालीको मृत्यु भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए । तीमध्ये ३३ जना नेपाली थिए ।

दुर्घटनामा परी दुई पाइलट र नेपालीसहित ४७ यात्रुको मृत्यु भएको छ। दुई जना चालक दलका सदस्यसहित ९ विदेशी घाइतेको उपचार भइरहेको छ।

नेपाली यात्रुमध्ये १५ ब‌गलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी थिए भने बाँकी नेपाली यात्रुमध्ये धेरै ट्राभल एजेन्सीमा काम गर्ने थिए ।

घाइते ११ नेपालीको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

दुर्घटनाग्रस्त जहाजबाट ३१ जनाको शव निकालिएको छ। बाँकी १८ जनाको उपचारका क्रममा राजधानीका विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

जहाजमा नेपालीसहित ३२ जना ब‌ंगाली १ जना माल्दिभ्सका नागरिक र १ चिनियाँ नागरिक थिए।

ब‌ंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो ।

यी हुन् घाइतेहरू

नर्भिक अस्पताल

१. बसन्त बोहोरा

२. आशिष रन्जित

३. सोनाम साक्य

४. विनोद पौडेल

केएमसी अस्पताल

१. हरिप्रसाद सुवेदी

२. सरोज ब्यान्जनकार

३. करिना हुसेन :- बंगलादेशी

४. साहिद :- बंगलादेश

५. सरना :- बंगलादेश

६. साहरिद अमद :- बंगलादेश

७. मेरिहसन :- बंगलादेश

८. किशोर त्रिपाठ्ठी

ॐ अस्पताल

१. सरना हसन :- बंगलादेश

२.रेजेनुल हक :- माल्दिभ्स

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्