Logo
१२ श्रावण २०८१, शनिबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमान दुर्घटनामा ४९ को मृत्यु : ३३ नेपाली थिए सवार (नामावलीसहित)

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्ने क्रममा बिमान दुर्घटनामा जम्मा ४९ जनाको मृत्युको पुष्टि भएको छ । जस्मा ३३ नेपाली, ३२ बङ्गाली र ४ चालक दलका सदस्यहरु
सवार थिए । त्यस्तै १/१ जना माल्दिप्स र चिनका नागरिक समेत सवार थिए ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ यूएस बंगला एअरलाइन्सको विमानमा सोमबार अचानक आगलागी हुँदा ४९ जनाको मृत्यु भएको नेपाली प्रहरीले पुष्टि गरेको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

कुल ६७ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७१ जना रहेको उक्त बिमानमा आगलागी हुँदा ४० जनाको शव फेला परेको थियो भने केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा ८ जना र शिक्षण अस्पतालमा उपचारको क्रममा १ जनाको मृत्यु भएको हो ।

घाइतेमध्ये १६ जनाको केएमसी अस्पताल सिनामंगलमा, ५ जनाको नर्भिक अस्पतालमा र १ जनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको टोली खटिई गई दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिनुको साथै थप उद्धार कार्य गरिएको छ ।

यसैबीच, दुर्घटनामा परेको बंगलादेशी विमानमा ३३ जना नेपाली यात्रु रहेको पाइएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले दुर्घटनामा परेको विमानमा ३३ जना नेपाली यात्रु रहेको जानकारी गराएको छ ।

७१ जना सवार विमानबाट १७ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार हुनेमा केही नेपाली पनि छन् । विभिन्न ट्राभल्स एजेन्सीमा काम गर्ने १६ जना नेपाली पनि दुर्घटनामा परेका छन् । उनीहरु तालिमका लागि बंगलादेश गएर फर्कदै थिए ।

विमानमा ३७ पुरुष, २८ महिला र २ जना बच्चा रहेका थिए । विमानमा रहेका नेपालीहरुको नाम सार्वजनिक भए पनि उनीहरुको अवस्था बारे केही जानकारी आएको छैन।

विमानमा सवार नेपाली यात्रुहरु :

दिनेश हुमागाई
शिला बजागाईँ
एलिजिना बराल
चारु बराल
सोबिन्द्र सिंह बोहोरा
बसन्त बोहोरा
समिरा ब्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौडेल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
अञ्जिला श्रेष्ठ
सरुण श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्रकार
बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्