Logo
१२ श्रावण २०८१, शनिबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशको आर्थिक विकास मेरो कार्यकालको उपलब्धि हो : पुटिन

मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि देशको आर्थिक विकास हो भनेका छन् । उनले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास दोब्बर नै भएको दाबी पनि गरेको बताइएको छ ।

राष्ट्रपति पुटिनले अमेरिकी ब्रोडकास्टर एनबिसीलाई हालै दिएको एक अन्तरवार्तामा सो दाबी गरेको समाचारमा जनाइएको छ । उनले सो अन्तरवार्तामा भनेका छन् हाम्रो ठूलो उपलब्धि भनेको यही हो कि हामीले यस अवधिमा देशको आर्थिक विकासमा ठूलो बृद्धि गरेका छौँ र यसलाई रुसी जनताले पनि प्रत्यक्ष रुपमा अनूभूति गर्न पाएका छन् ।

उनले रुसको अर्थतन्त्रमा अभूतपूर्व रुपमा परिवर्तन भएको र यो गएका केही वर्षयता निकै उपलब्धिमूलक रहेको पनि बताए । देशमा भएको आर्थिक बृद्धिका कारण रुसमा गरिबीको रेखामुनी रहेको जनसंख्या पनि घटेको दाबी उनले गरे । उनले भने, देशमा उल्लखनीय रुपमा आर्थिक विकास जारी छ र यसले गर्दा यहाँको गरिबी पनि आधाले घटेको छ ।

राष्ट्रपति पुटिनले हामीले देशको गरिबीलाई कमगर्न गरिब र धनीबीचको अन्तरलाई पनि कमगर्ने कार्यक्रमहरु सुरु गरिएको पनि सो अन्तरवार्तामा बताएका छन् ।

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्