Logo
१२ श्रावण २०८१, शनिबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेका गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं : गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

मनोनयनका लागि छुट्याइएको समयमा तिमल्सिनाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

पर्वतका स्थायी बासिन्दा तिमल्सिनालाई एमालेका खिमलाल भट्टराईले प्रस्ताव तथा माओवादीका दीनानाथ शर्माले समर्थन गरेका छन् ।

एमालेका शीर्ष नेताको बैठकले पर्वतका सांसद एवं पोलिटव्युरो सदस्य तिमल्सिनालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

कार्यतालिकाअनुसार यही फागुन ३० गते निर्वाचन हुने कार्यक्रम थियो ।

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्