Logo
६ जेष्ठ २०८१, आईतबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तालिबानद्वारा सात सर्वसाधारणको हत्या

अफगानिस्तान : अफगानिस्तानको जलालावादमा आइतबार राति तालिबानहरुले कम्तीमा पनि सात जना सर्वसाधारणको हत्या गरेका छन् । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा उनीहरुले रकेट लन्चरबाट एक घरमा आक्रमण गरी ती सर्वसाधारणको हत्या गरेका बताइएको छ ।

नान्गाहार प्रान्तको प्रान्तीय सरकारले दिएको जानकारी अनुसार आइतबार राति तालिबानले गरेको सो आक्रमणमा परी एकै घरका तीन जना बालबालिका र दुई महिलासहित सात जनाको हत्या गरेका हुन् ।

त्यस घटनाको बारेमा थप जानकारी प्राप्त भएको छैन । के कति कारणले उनीहरुले यसरी राति घरमा हमला गरेर ती सर्वसाधारणको हत्या गरेका हुन् भन्ने बारेमा पनि केही नखुलेको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्