Logo
६ जेष्ठ २०८१, आईतबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहेको गाडी दुर्घटनामा डेढ दर्जन जन्ती घाइते ५ को अवस्था गम्भीर

सिन्धुली : सिन्धुलीको मरिण गाँउपालिका वडा नम्बर–६, कपिलाकोटमा इन्द्र माझिको बिहेको जन्ती बोकेर गएराति १ बजे सुनसरी जिल्ला हिँडेको बा ३ ख ४८५७ नम्बरको गाडी दुर्घटना हुँदा डेढ दर्जनभन्दा बढी जन्ती घाइते भएका छन् ।

कपिलाकोटका प्रहरी निरीक्षक जयदेव माझीका अनुसार ३५ जना जन्ती बोकेर छुटेको उक्त गाडी दुर्घटना हुँदा बेहुला इन्द्र भने सकुसल रहेको ५ जना गम्भीर घाइते रहेका छन् । अन्य घाइतेको अवस्था सामान्य रहेकोले घाइते सबैलाई उपचारका लागि सदरमुकाम सिन्धुलीमाढी पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा उक्त गाडी लिग छाडेर सडकबाट करिब तीन फिट तल खेतमा खसेको छ, भने अर्को गाडी खोजेर जन्तीहरु बेहुली लिन सुनसरी हिँडिसकेको र गाडी चालक सुमन थिङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्