Logo
२५ बैशाख २०८१, मंगलबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अचानक दुर्घटना हुदा यसरी नदीमा खस्यो हेलिकप्टर (भिडियोसहित)

अमेरिकाको न्युयोर्क सहरको ‘इस्ट रिभर’ नदीमा आइतबार हेलिकप्टर खस्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीले उद्धार गरिएका मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको बताएको छ ।हेलिकप्टरका पाइलट भने आफ्नो ज्यान जोगाउन सफल भएको न्युयोर्क प्रहरीले बताएको छ।

फोटोसुटका लागि चार्टर गरिएको उक्त हेलिकप्टरमा ६ जना सवार रहेको अधिकारीहरुले जनाएका छन् । समाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा हेलिकप्टर बिस्तारै नदीमा खस्दै पानीको डुबेको देख्न सकिन्छ ।

स्थानीय समयअनुसार साँझ सात बजे उक्त हेलिकप्टर रुजभेल्ट टापु नजिकै दुर्घटनाग्रस्त बनेको थियो ।फेडेरल एभिएसन अथोरिटीले यस घटनाको विषयमा अनुसन्धान शुरु गरिसकेको छ ।

भिडियो :

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्