Logo
२२ बैशाख २०८१, शनिबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टर लापर्वाहीको पाराकाष्ठा : खुट्टा काटेर बिारामीको सिरानीमा

भारतको उत्तर प्रदेशमा डाक्टरहरुको लापर्वाहीको पाराकाष्ठा सार्वजनिक भएको छ । भारतको उत्तर प्रदेशको झाँसी मेडिकल कलेजमा सडक दुर्घटनामा परेका एक युवकको खुट्टा काटेर बिारामीको सिरानीमा राखिएको दैनिक हिन्दुस्तानले जनाएको छ । उक्त समाचार अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । घटनाका दोषी नर्स तथा डाक्टरहरु गरी जना निलम्बनमा पनि परेका छन् ।

शनिबार इटायलबाट मऊरानीपुर जाँदै गरेको स्कूल बस दुर्घटनामा प¥यो । दुर्घटनामा गम्भिर घाइते बनेका कक्षा ११ का छात्रासहित बसका स्टाफ घनश्याम गम्भीरलाई झाँसीको लक्ष्मीबाई मेडिकल कलेजमा भर्ना गरियो । डाक्टरले गिरीको खुट्टा अपरेशन गरी काटे तर काटिएको खुट्टा डाक्टरको सिरानीमा फेला प¥यो । उक्त सिरानीमा राखिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

यस घटनालाई गम्भीरतापूर्वक लिँदै प्रदेशका चिकित्सा शिक्षा मन्त्री आशुतोष टंडनको निर्देशनमा उपचारमा संलग्न दुई जना वरिष्ठ चिकित्सक आलोक अग्रवाल र महेन्द्र पाल सिंहसहित दुई जना नर्सलाई निलम्बनमा परेका हुन् । मेडिकल कलेजका चिफ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरीश चन्द्र आर्यले सिरानीको बदलामा विरामीको काटिएको खुट्टा राख्ने काम गलत भएको बताएका छन् । एजेन्सी

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्