Logo
१२ श्रावण २०८१, शनिबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपि शर्मा ओली अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्री बन्न सफल

काठमाडौं : प्रधानमन्त्री केपि शर्मा ओली शक्तिशाली प्रधानमन्त्रीको रुपमा सावित भएका छन् । कम्युनिस्ट गठबन्धनका प्रधानमन्त्री ओलीले संघीय संसदको प्रतिनिधि सभामा तीनचौथाइ मत पाउदै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्न सफल भएका हुन् । देशको संसदमा यसअघि कुनै सरकारले पनि तीन चौथाइ बहुमत पाएका थिएनन् ।

तर सबै भन्दा रोचक विषय त यो छ की मधेश केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले समेत ओलीलाई समर्थन गरेका छन् । आइतबार अपराह्न बसेको प्रतिनिधिसभा (संघीय संसद)को दोस्रो बैठकबाट ओलीले दुई तिहाईसहित विश्वासको मत पाएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए। उनको प्रस्तावलाई एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा, राप्रपाका सांसदले पक्षमा मत दिएका थिए भने कांग्रेसका सांसदले विपक्षमा मत दिए। संसद सचिवालयका अनुसार बैठकमा उपस्थित कुल २६८ मध्ये ओलीको समर्थनमा २०८ मत आयो भने विपक्षमा ६० मत पर्यो। यो परिणामसँगै ओली अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्री बनेका छन् ।

एमालेका तर्फबाट नेता माधव नेपाल, माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल, राजपाका महेन्द्रराय यादव, फोरम नेपालकी सरिता गिरी र राप्रपाका राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेमकिपाका तर्फबाट प्रेम सुवालले रोस्टबाट सम्बोधन गर्दै प्रधानमन्त्रीलाई समर्थन गरे । कांग्रेसका तर्फबाट विजय गच्छदार र गगन थपाले समर्थन नगर्ने जानकारी गराए ।

समर्थनको पक्ष र विपक्षमा बोल्दा नेताहरुले विकास र समृद्धिमा जोड दिएका थिए । भाषणभन्दा पनि परिणाममुखी काम गर्न सुझाव दिए । मधेस केन्द्रीत दलका नेताले भने संविधान संशोधन र प्रदेश २ को मुद्दा सम्बोधन हुनुपर्ने माग गरे ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्