Logo
११ जेष्ठ २०८१, शुक्रबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँमा सार्क ‘विजनेश लिडर्स कनक्लेभ’ हुँदै

काठमाडौँ : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रका उद्योगी व्यवसायीको छैटौँ व्यापार नेतृत्व सम्मेलन विजनेश लिडर्स कनक्लेभ काठमाडौँ हुने भएको छ । सार्क चेम्बर अफ कमर्शको आयोजनामा आगामी चैत २, ३ र ४ गते उक्त सम्मेलन हुन लागेको हो । यसअघि पाकिस्तानमा आयोजना गर्ने तयारी गरिएको सम्मेलन पाकिस्तानमा नहुने भएपछि नेपालमा आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सुरज वैद्यले जानकारी दिनुभयो ।

उहाँले सार्क क्षेत्रका सर्वसाधारण र व्यावसायीले सार्कको सर्वोच्च संस्थारुपमा रहेको सार्क चेम्बरबाट धेरै आशा गरे तापनि राजनीतिक किचलोका कारण अपेक्षीकृत लाभ लिन नसकिएको बताउनुभयो । सार्क क्षेत्रको साझा समृद्धि, सार्क देशमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका, ऊर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशालगायत विषयमा छलफल गरिनेछ ।

सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताले सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ । त्यस्तै सार्क राष्ट्रका प्रतिनिधि, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्व तथा सञ्चार माध्यम गरी करिब २०० जनाको सहभागिता रहने बताइएको छ यसअघि सन् २०११ मा पनि यस किसिमको सम्मेलन नेपालमा गरिएको थियो ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्