Logo
१२ श्रावण २०८१, शनिबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरौटी तिर्न नसकेपछि एक खुट्टामा नाच्ने रोमा न्यौपाने जेल चलान

काठमाडौं : एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने जेल चलान भएकी छन् । जिल्ला अदालत, काठमाडौंले तोकेको ३६ लाख ५० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएकी हुन् । रोमासहित उनका पति चिरञ्जीविविरुद्ध ३६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उनका पति पक्राउ परे पनि रोमा भने फरार थिइन् ।

हाल उनलाई केन्द्रीय कारागार चलान गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए । यसअघि २४ फागुनमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेका थिए ।

जिल्ला अदालतले २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो । रोमालाई २०७२ सालमा सरकारले युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार समेत प्रदान गरेको थियो ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्