Logo
२३ बैशाख २०८१, आईतबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साँझ ७ बजे तिर बजारवाट फर्किदै गर्दा सामुहिक बलात्कार

राजविराज : सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाकी एक दलित महिलाले आफु माथि सामुहिक बलात्कार भएको आरोप लगाएकी छिन् । सदरमुकाम राजविराजसँगै जोडिएको इटहरी विष्णुपुर गाउँपालिका वडा नम्बर–७ घर भएकी राम(चमार) थरकी अन्दाजी ३१/३२ बर्षिय महिलाले गाउँकै दुई जनाले सामुहिक रुपमा आफ्नो बलात्कार गरेको आरोप लगाएकी हुन् ।

साँझ ७ बजे तिर बजारवाट फर्किदै गर्दा आरोपिहरुले समातेर कोसी पश्चिमी नरहको डिल नजिकै रहेको झाडिमा लगि पालै पालो आफ्नो बलात्कार गरेको पिडितको आरोप छ । घटना शनिवार साँझ ७ बजे तिरको हो । घटनाको जानकारी पाए लगत्तै आरोपिहरु खोज्न प्रहरी परिचालित गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी गराए ।

दुवै जना आरोपिहरु पनि राम थरकै रहेको एसपी सिंहले वताए । ‘हाल नाम सार्वजनिक गर्न मिल्दैन, हामि आरोकीहरुको खोज तलासका निम्ती व्यापक प्रहरी परिचालित गरिसकेका छौ’, एसपी सिंहले भने, ‘राति १० बजे तिर नै हामिले जानकारी पाए लगत्तै बोर्डर नाकाहरुमा समेत प्रहरी परिचालन गरिसकेका छौ, आरोपिहरुलाई जुनसुकै हालतमा पनि पक्राउ गरिन्छ ।’

यता पिडितलाई हाल उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको एसपी सिंहले वताए । ‘पिडितको मेडिकल रिर्पोट पनि आईसकेको छैन’, उनले भने, ‘आरोपिहरुको खोजतलासका साथै विभिन्न कोणवाट घटनाको अनुसन्धान समेत थालि सकेका छौ ।’

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्