Logo
११ श्रावण २०८१, शुक्रबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश पराजुलीले गरेको फैसला मान्दिनँ : डा केसी

काठमाडौँ  : प्राध्यापक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गरेको फैसला नमान्ने बताएका छन् । आइतबार अपरान्ह कान्तिपुर र डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको बहसपछि अदालत बाहिर निस्कँदै उनले आफूविरुद्ध परेको मुद्दा आफ्नै इजलाश पार्नु प्राकृतिक न्यायको सिद्धान्त विरुद्ध भएकोले पराजुलीको निर्णय नमान्ने बताएका हुन् ।

उनले भने, ‘म जबसम्म प्रधानन्यायाधीश रहन्छन् । तबसम्म उनले गरेको, उनको इजलाशले गरेको कुनै पनि फैसला स्वीकार्य हुँदैन ।’ केसीले पराजुली आफैंले न्यायालयको अपमान गरेको हुनाले राजीनामा दिनु पर्ने बताए । डा. केसीले पराजुलीले संविधान भन्दा माथि रहेर काम गरिरहेको आरोप लगाए ।

कान्तिपुर र डा केसी विरुद्धको अदालतको अवहेलना मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नै नेतृत्वमा गठन गरेको बृहत पूर्ण इजलाशमा आइतबारदेखि बहस सुरु भएको छ ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्