Logo
१२ श्रावण २०८१, शनिबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री केपी ओलीको दिनगन्ती आजबाट सुरु : कांग्रेस नेता थापा

काठमाडौँ : कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको दिनगन्ती आजबाट सुरु भएको चेतावनी दिएका छन् । चुनावमा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका कतिपय महात्त्वाकांक्षी योजनाहरु पढेर सुनाउँदै थापाले भने, ‘आजबाट दिनगन्ती सुरु भएको छ । नो इफ नो बट । आजबाट हामी प्रतिपक्षमा बसेर हिसाबकिताब लिन्छौं । उधारो होइन, नगदमा खनखनी ।’

प्रधानमन्त्री केपी ओली मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदको प्रशंसक रहेको सुनाउँदै भने, ‘सत्तापक्षको बहुमत हुँदाहुँदै किन दुईतिहाइ चाहियो ? यो दिव्यशक्तिको कारण र नियत के हो ?’ प्रधानमन्त्री चाहिनेभन्दा बढी बलियो बनाउन चाहेर सत्तापक्षले आशंका जन्माएको थापाको भनाइ थियो ।

कांग्रेस नेतृ पुष्पा भूसालले संसद्‍बाट सरकार निर्माण नगरी प्रधानमन्त्रीले शपथ लिन हतार गरेको, राष्ट्रिय सभामा पूर्ववर्ती सरकारले गरेको सिफारिस फिर्ता गरेर प्रधानमन्त्रीले सिस्टम बिगारेको आरोप लगाइन् । कांग्रेसकै अतहर कमाल मुसलमानले गठबन्धन सरकारका कतिपय निर्णयहरु शंकास्पद रहेको भन्दै तत्काल समर्थन गर्न नसकिने धारणा राखे ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्