Logo
१२ श्रावण २०८१, शनिबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली नेतृत्वको सरकारप्रति जनताको धेरै आशा छ : माधवकुमार नेपाल

काठमाडौँ : नेकपा (एमाले) का नेता माधवकुमार नेपालले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनताको ठूलो आशा भरोसा जागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि गर्नुभएको दृढ संकल्पले जनतामा नयाँ आशा जागेको बताउनुभयो ।

मुलुकमा हालसम्म धेरै राजनीतिक द्वन्द्व र आन्दोलन मात्र भएकाले जनताले अब विकास र समृद्धिको चाहना गरेको उल्लेख गर्दै नेता नेपालले भन्नुभयो, “युवा वर्गमा राजनीतिप्रति वितृष्णा पैदा भएको छ, समाजमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, विभेद, बेरोजगारीलगायत समाजमा व्याप्त विकृति हटाउन सरकारको काँधमा नयाँ जिम्मेवारी आएको छ ।”

‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने खालको जनतामा निराशा यसपटक नहुने विश्वास व्यक्त गर्दै उहाँले देशमा हालसम्म राजनीतिकरण धेरै भयो यसबाट अब मुुलुकले मुक्ति खोजेको छ भन्नुभयो । जनताका आधारभूत आवश्यकता पूरा गर्र्ने कुरामा ध्यान दिनुपर्ने बताउँदै नेता नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन आग्रह गर्नुभयो ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्