Logo
१२ श्रावण २०८१, शनिबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतले माग्यो राजपा नेता राजेन्द्र महतोसँग लिखित जवाफ

काठमाडौँ : सर्वोच्च अदालतले राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग लिखित जवाफ माग गरेको छ । प्रतिनिधिसभाको चुनावमा आचारसंहिता उल्लघंन गरेको विषयमा अध्यक्ष महतोसँग लिखित जवाफ मागेको हो ।

महतोले आचारसहिंता उल्लघन गरेका दावी गर्दै वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले निर्वाचन आयोगमा उजुरी गरेका थिए तर आयोगले महतोलाई कारवाही नगरेपछि उनी सर्वोच्च अदालतको ढोका ढक्ढकाउन पुगेका हुन् । ‘महतोमाथि कारवाही किन नगरेको ?’ भन्दै रामसिंह यादवले सर्वोच्च अदालतमा आयोग र राजेन्द्र महतोको विरुद्धमा रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आयोग र अध्यक्ष महतोले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आज पत्र पठाएको छ । प्रतिनिधिसभाको चुनावमा मौन अवधि अर्थात चुनाव एकदिन अघि धनुषा ३ मा वाम गठबन्धनले अध्यक्ष महतोलाई समर्थन गर्यो भन्दै समाचारहरु प्रशारण भएको थियो ।

अध्यक्ष महतोले नै यी समाचारहरु प्रकाशन र प्रशारण गराएको भन्दै वाम गठबन्धनका उम्मेदवार सर्वोच्चमा रिट दायर गर्नुको साथै आयोगमा पनि उजुरी गरेका थिए ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्