Logo
८ जेष्ठ २०८१, मंगलबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकल पल्टिदा १७ वर्षीय महतोको मृत्यु

चितवन : चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३ गर्दी चोकमा शनिबार ना४०प ५१०८ नंको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा रत्ननगर नगरपालिका–९ निवासी १७ वर्षीय आशीष महतोको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मोटरसाइकल पल्टिदा मोटरसाइकलको पछाडि सवार महतो गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आईबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक खैरहनी–५ फसेराका क्रिपेश महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्