Logo
१२ श्रावण २०८१, शनिबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै : नेपाली कांग्रेस बाहेक सबै पक्षमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ओलीको पक्षमा रहेका सांसदहरुले आफ्नो मत व्यक्त गर्नेछन् ।  प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार ओलीले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

अहिलेसम्मको अवस्थालाई हेर्दा ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा २०९ सांसदको समर्थन देखिएको छ । दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ ।  ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, राप्रपा र केही स्वतन्त्र सांसदहरु छन् ।

ऋण चुक्ता गर्न ओलीलाई भोट हाल्छौंः राजेन्द्र महतो
यसैबीच, राजपा अध्यक्ष मण्डलका सदस्य एवं सांसद राजेन्द्र महतोले ऋण पुरा गर्न ओलीलाई मत दिन लागेको बताएका छनु । तर, संविधान संशोधनमा सहमति नभएसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको उनले बताए । उनले भने, एमाले र माओवादीले प्रदेश २ मा हामीलाई भोट हालेर ऋण लगाएका छन् । ऋण चुक्ता गर्न ओलीलाई भोट हाल्ने हो ।

तर, भोट हाल्नुको अर्थ सरकारमा जानु होइन’ प्रधानमन्त्री ओलीले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई सरकारमा आउन प्रस्ताव गरेको स्वीकार गर्दै उनले भने, ‘अहिलेसम्म सरकारमा जाने कुरा केही भएको छैन ।’ राजपाको समर्थनसँगै ओलीले कांग्रेस बाहेकका सबै दलको विश्वासको मत पाउने देखिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस विपक्षमा छ भने नेमकिपा र नयाँ शक्तिले निर्णय गरिसकेका छैनन् ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्