Logo
१२ श्रावण २०८१, शनिबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाले जस्तै राप्रपाले पनि ओलीको पक्षमा मत दिने, फोरमले आइतबार निर्णय लिने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री ओलीलाई आइतबार हुने मतदानमा समर्थन गर्ने भनिएको छ ।

सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिका लागि पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ । उक्त पार्टीको तर्फबाट प्रतिनिधिसभामा एक सदस्य हुनुहुन्छ ।

यता संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने या नदिनेबारे निर्णय गरेको छैन । आइतबार १२ः०० बजे बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय लिने सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने यसअघि जनाइसकेको छ ।

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्