Logo
१२ श्रावण २०८१, शनिबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीका कलाकारहरूले दुबईमा मचाए धुँम

सप्तरी : गैर आवासीय मधेशी संघ (युएई)ले युनाइटेड अरब इमिरेट्स दुबईमा आयोजना गरेको मधेशी होली धमाकामा सप्तरीका तीन जना चर्चित कलाकारहरुले दर्शकहरुलाइ भरपूर्ण मनोरंजन दिएका छन् । लोटस डाउन मेट्रो होटेल अपार्टमेन्टमा शुक्रबार आयोजित उक्त कार्यक्रममा चर्चित अभिनेत्री डोली सरकार, गायिका अन्जु यादव र देवेन्द्र साह ‘सोनी’ सहभागी रहेका छन । कार्यक्रममा सहभागी हुन नायिका डोली भने भारतीय दूतावासद्वारा पुणेमा आयोजना गरेको फिल्म सम्बन्धी तालिममा सहभागी भई काठमाण्डौबाटै दुबई पुगेकी छिन् ।

मेटल क्राफ्ट इन्डिस्ट्रीज एलएलसी मूल प्रायोजक रहेको मधेशी होली धमाका कार्यक्रम निकै राेचक र तराई- मधेसकाे कला संस्कृतिक झल्किने खालका रहेकाे दुबईमा कार्यरत सप्तरी निवासी डा. रबिन्द्र कुमार यादवले जानकारी दिएका छन् । दुबईमा कार्यरत मधेशी समुदायहरुको साझा संस्थाको रुपमा रहेको गैर आवासीय मधेशी संघले मधेश आन्दोलनका घाइते, शहिद परिवार, आगलागी, बाढी पीडित एवम् अति विपन्नलाई सहयोग सहित समाजिक गतिविधिहरुमा सक्रिय रहँदैआएको छ ।

विदेशमा रहेर पनि आफ्नो संस्कृतिलाई जिवन्त राख्नुपर्छ भने मान्यताका साथ एक ठाउँमा भेला भएर पारिवारिक जमघट जस्तै होली मनाउन लागिएको डा. यादवले बताए । कार्यक्रममा होली गीत, नृत्य, जोगिडा आदि प्रस्तुति गरेका थिए । उक्त कार्यक्रम हेर्नका लागि दुबई स्थिति विभिन्न स्थानबाट तीन भन्दा बढी मधेसी समुदायको सहभागीता रहेका थिए। कार्यक्रममा स्थानीय कलाकारहरू बृजेश सिंह, सुभाष यादव , रामनाथ महरा, ज्ञान प्रकाश यादब, जयराम यादब लगायतले समेत अा- अाफ्नाे प्रतिभा प्रस्तुति गरेका थिए ।

कार्यक्रमकाे अध्यक्षता गैर अावासिय मधेसी संघ युएईका अध्यक्ष ईन्जिनियर संजय कुमार कुशवाहले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष डा. बबि सिंह यादबले गरेका थिए । कार्यक्रमकाे प्रमुख अतिथि युएईका अन्तर्राष्ट्रिय अध्यक्ष ईन्जिनियर बसन्त कुशवाहले गरेका थिए भने संघका सल्लाहकार डा. रबिन्द्र कुमार यादबले कार्यक्रमकाे उदेश्य र भाबी कार्य याेजना बारे जानकारी गराएका थिए ।

कार्यक्रमकाे संचालन जग नारायण मंडल र अमित शर्माले संयुक्तरूपमा गरेका थिए।भने संयाेजन भुमिका धर्मेन्द्र गाेहिवार, अार्थिक प्रयोजन दुबई स्थित रहेका मधेसी ब्यबसायी, मेटल क्राफटका प्रबन्ध निर्देशक बिनेश यादब, नेपाल वायु सेवा निगमका दुबई अार्थिक ब्यबस्थापक नरेश यादब,नेपाली मुस्लिम साेसाईटी युएईका महामन्त्री नाैमान सिद्यीकी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्