Logo
११ श्रावण २०८१, शुक्रबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीबारे हामिले जेठमा निर्णय लिन्छौं : मुख्यमन्त्री राई

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी जेठ महिनाभित्र राजधानी टुंगो लाग्ने बताएका छन् ।राजधानी तय गर्दा दबावमा नपरी निर्णय लिने उनले बताए । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘सरकारले यो विषयमा सहजीकरणको भूमिका निर्वाह गर्ने हो, यो सवाल संसदको दुई तिहाईले टुंग्याउने हो, तर हामी कुनै दबाब, आग्रह वा पूर्वाग्रह नराखीकन निर्णय गर्छौं ।’

प्रदेशमा गुण्डागर्दी, तस्करी लगायतका अपराधलाई पूर्णनियन्त्रण गरिने पनि राईले स्पष्ट पारे । ‘यसबारे सुरक्षा निकायसँग छलफल गरिसकेका छौं, यस्तो क्रियाकलापमा संलग्न दोषीहरुलाई कडा कारबाही गर्न मैले निर्देशन दिईसकेको छु’ उनले भने । प्रदेश १ लाई नमूना प्रदेश बनाउने गरी गुरु योजना बनाउन लागिएको उनले बताए ।

उनले भ्रष्टाचार, दण्डहिनता र आपराधिक क्रियाकलापको अन्त्य गर्दै प्रदेश नं १ लाई सुशासन र समृद्धिकोे बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । “प्रदेश नं १ मा ठूला/ठूला उद्योग, कलकारखाना स्थापना गर्न सकिन्छ, आयोजना सञ्चालन गर्न सकिन्छ, त्यसबारे गम्भीर रूपमा छलफल गरेर अगाडि बढनुपर्ने हुन्छ”-मुख्यमन्त्री राईले भने ।

उनले नीति तथा कार्यक्रम ल्याउनुभन्दा पहिला जनताको भावनाअनुरूप सबैको सल्लाह र सुझावको आधारमा प्रदेश नं १ को स्थायी राजधानी र नामाकरण गरिने बताउँदै मिडियालाई कुनै पनि बहानामा अंकुश लगाउन नहुने धारणा व्यक्त गरे । पछिल्लो पटक कान्तिपुर दैनिक र सर्वोच्च अदालतबीच भएको मुद्दा मामिलालाई संविधानको मर्म अनुरूप टुंग्याउनुपर्नेमा पनि मुख्यमन्त्री राईले जोड दिए ।

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्