Logo
१२ श्रावण २०८१, शनिबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद रेशम चौधरीबारे छलफल गर्न राजपा नेताहरु पुगे गृह-मन्त्रालय

काठमाण्डौं : राष्ट्रिय जनता पार्टी नेपालका शिर्ष नेताहरु शनिवार गृहमन्त्रीलाई भेटेर जनताबाट निर्वाचित सांसद रेशाम चौधरीबारे ठोस सरकारी पहल गर्न दवाब दिएका छन् । गृहमन्त्री रामबहादुर थापासँग भेटेर नेताहरुले ‘जनताले निर्वाचित गरेको खण्डमा उनलाई अपराधी जस्तो ब्यवहार किन ?’ भनि प्रशन गरेका थिए ।

हजारौ जनताले उनलाई दिएको मत नै प्रमाण हो की उनी होशी होइन भन्दै राजपा नेताहरुले उनी स्वंय अदालतमा उपस्थित हुदा समेत उनलाई सरकारले सपथग्रहण गराउने ब्यवस्था किन नमिलाएको भन्दै यथासिघ्र सरकारी धारणा स्पष्ट पार्न दवाव दिएका थिए ।

कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित राजपाका नेता चौधरीले पछिल्लो केहि दिनदेखि कारागारमा भित्रै आमरण अनशन बसेको छन् । राजपाका नेताहरुले तत्काल उक्त अनशन समेत तोडाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

गृहमन्त्री थापासँग भेट्न शनिबार राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिसोर यादव, अनिलकुमार झा लगायतका नेताहरु गृह मन्त्रालय पुगेका हुन् । जवाफमा गृहमन्त्री थापाले तत्कालै सरकारे पहल थाल्ने बताएका छन् ।

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्