Logo
११ श्रावण २०८१, शुक्रबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिलेमतो गरेको भन्दै पत्रकार महासंघ धनुषा शाखामाथी संगिन आरोप

धनुषा : आफ्नै सदस्यलाई सानो तिनो गल्तीमा पनि हदै सम्मको कारवाही गराउन मरिहत्ते गरेका नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकारमाथिको आक्रमणको घटनामा गंभिरतापुर्वक ध्यान नदिनुले नेतृत्व वर्गको नियतमाथि माथि प्रशन उठेको छ । जनकपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले स्थानीय व्यापारीहरुसंगको मिलोमतोमा भन्सार छलि तस्करी गराएको भन्दै समाचार लेखेकै निहुँमा पत्रकार राजकमल सिंह तथा सुमित मिश्रालाई प्रमुख शर्मा तथा उनका चालक प्रकाश यादवले गाली गलौज गर्दै हातपात गरेको थियो ।

घटना भएको एक महिना बितिसक्दा पनि महासंघले ठोस पहल गर्न नसक्नुले नेतृत्व वर्गको नियतमै प्रश्न तेर्सिनु स्वभाविक रहेको जनकपुरका स्थानीय वरिष्ठ पत्रकारहरुको कथन रहेको छ । समाचार लेखेकै कारण आफुहरुमाथि आक्रमण गरिनु एकातिर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननको प्रयास रहेको छ भने अर्कातिर स्वतन्त्र रुपमा पत्रकारिता गरिरहेका श्रमजीवि पत्रकारहरुको मनोबल तोड्ने प्रयास समेत रहेको पत्रकार राजकमल सिंहको कथन छ ।

यतिका लामो समय बितिसक्दा पनि महासंघले ठोस पहल नगर्नु पदाधिकारीहरुको पुर्वाग्राही चरित्रलाई उदाँगो पारेको टिप्पणी गर्दै उनले भने ,-‘महासंघले घटना भएको चार दिन पछि एउटा ज्ञापन पत्र बुझाउँछ ,जिल्ला प्रशासन कार्यालय धनुषाबाट जनकपुर भन्सार कार्यालयलाई सिंह न पुच्छर बिनाको एउटा पत्र काटिन्छ , महासंघले आज केही गर्छ कि ? भोली केही गर्छ कि पर्खिंने बाहेक के नै विकल्प छ र !’ घटना लगत्तै महासंघ धनुषाका पदाधिकारीहरुलाई आफुले फोन गरि जानकारी गराएको भए पनि २५ गत्ते मात्रै महासंघले जिल्ला प्रशासन कार्यालय धनुषामा दोषी कर्मचारी एवं चालकमाथि कारवाही गर्नु पर्ने भन्दै ज्ञापन पत्र बुझाएको थियो तर ज्ञापनपत्र बुझाएपनि महासंघले फलोअप नगरेको पीडित पत्रकार सिंहले आरोप लगाए ।

समाचार लेखेकै कारण पत्रकारमाथि कुनै प्रकारको आक्रमणलाई कदापि वर्दास्त गर्न नसकिने महासंघको दुई नम्बर प्रदेश संयोजक देवनारायण यादवको भनाई छ । घटनालाई गंभिरतापुर्वक लिई शाखाले कडा कदम चाल्नु पर्ने र सोमा प्रदेश संयोजकको नाताले आफुहरुको पुर्ण समर्थन रहने यादवले प्रतिबद्धता व्यक्त गरे ।‘ वाक एवं अभिव्यक्ति स्वतन्त्रतालाई प्रोत्साहन दिनुको साटो राज्यका जिम्मेवार अंग सरकारी कर्मचारीहरुनै पत्रकारको मनोबल घटाउने कार्य निन्दनीय रहेको बताउँदै दोषीमाथि आवश्यक कारवाही हुनै पर्ने संयोजक यादवको कथन छ ।

यता घटना भएकै दिन घटना स्थलमा पुगेका महासंघका पदाधिकारी पीडित पत्रकार एवं स्थानीयवासीहरु समक्ष नै अघिल्लो सोमबार महासंघकै रोहबरमा दुवै पक्षलाई बोलाएर छलफल गरिने मौखिक प्रतिबद्धता व्यक्त गरिएको थियो तर अहिले सम्म पाँच वटा सोमबार बितिसक्यो हामीले कुनै पनि जानकारी पाएका छैनौ’—महासंघ शाखा धनुषाका निवर्तमान उपाध्यक्ष ईश्वरचन्द्र झाले भने ।

महासंघ कुनै पनि पत्रकार प्रति पुर्वाग्रही भए पत्रकारले स्वतन्त्रतापुर्वक काम गर्ने वातावरण बन्नै नसक्ने बताउंदै झाले भने -‘ म आशावादी छु , महासंघले ठोस अग्रसरता लेला भनेर नेतृत्व वर्ग कुनै विशेष पत्रकार प्रति पुर्वाग्रही हुनु हुंदैन ,नभए पत्रकारले निर्भिक्तापुर्वक पत्रकारित गर्ने वातावरण निर्माण हुन सक्दैन र यो अवस्था निम्त्यिाउनुको जिम्मेवार महासंघ पनि हुन जान्छ ’। इतिका दिन सम्म मा पनि महासंघको तर्फबाट तादुरकता नदेखिनुले महासंघ पत्रकारहरु प्रति पुर्वाग्रही भएको पुष्टि हुन जाने टिप्पणी गरे ।

धनुषाका पत्रकारहरु केही पत्रकारहरुकै कारण जोखिमपुर्ण अवस्था भोग्न बाध्य बनेको टिप्पणी गर्दै न्यूजब्युरो जनकपुर प्रमुख पत्रकार काशिन्द्र शर्माले भने , -‘पत्रकारहरु स्वयं दोषी छन, किनकी पत्रकारहरुले कुनै मुद्दा उठान गर्छन एक पटक समाचार लेख्छन वाहवाही लुटछन र त्यो समाचारलाई निरन्तरता दिन सक्दैनन आखिर किन होला ? मेरो विचारमा कारण एउटै छ समाचारलाई तत्कालै भजाउनु अनि ईमान्दारिपुर्वक पत्रकारिता गरिरहेकाहरु जेखिममा पर्ने निश्चित छ ।’

जटही नाका स्थित शसस्त्र प्रहरी बेसक्याम्पको परिसरमै पत्रकारमाथि आक्रमण हुनुले प्रहरी प्रशासन ,भन्सारका कर्मचारीहरुको आपसी मिलिभगतमा लुट मचाउने कार्य जारी रहेको स्वतः सिद्ध भएको युवा पत्रकार शर्माको कथन छ । यता नेपाल पत्रकार महासंघ धनुषा शाखाका सभापति अनील मिश्रालाई सम्पर्क गर्न खोज्दा उनको मोबाईल उठेन भने सचिव पुरन गुप्तासंग कुरा गर्दा उनले स्पष्ट रुपमा केही जानकारी नरहेको बताएका थिए ।

स्मरणीय छ कि जनकपुर भन्सार कार्यालयका प्रमुख हेम चन्द शर्मा र भारततर्फको जटही भन्सार कार्यालयका अधिकृत जगदिश दासको मिलोमतोमा भन्सार छली तथा तस्करी बढेको छ । ज्ञातव्य होस कि शाखाले टेर पुच्छर बिनाको कुरोलाई लिएर महासंघ विरुद्ध लेखेको भन्दै ध्रुबकुमार झा लगायतका दुई जना सदस्यमाथि कारवाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्